वीरगञ्ज १३ असोज । नेपालमा डेंगी संक्रमण भयावह बन्दै गएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउनयता देशभर २७ हजार ५६९ जनामा डेंगी संक्रमण भएको छ भने यसको संक्रमणबाट ३६ जनाकाे मृत्यु भइसकेकाे छ । गत मंगलवार मात्रै नेपालमा डेंगी संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको छ । तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगी पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार डेंगीबाट सबैभन्दा बढी प्रभावित काठमाडाैं उपत्यका छ । उपत्यकाका अस्पतालहरू बिरामीले भरिएका छन् ।
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगीकाे संक्रमण देखिएकाे थियाे । त्यसयता हरेक वर्ष डेंगीको संक्रमण देखिँदै आएको मन्त्रालयले जनाएको छ ।
कसरी बच्ने ?
डेंगीकाे संक्रमण हुन नदिन चिकित्सकले केही उपाय सुझाएका छन् ।