×

वीरगञ्ज १२ असोज । सत्ता गठबन्धन दल प्रतिनिधिसभाका १६५ सिटमा भागबण्डाको मोटामोटी सहमतिनजिक पुगेका छन् । सत्तारुढ दल मिलेर ४ मंसिरको चुनाव लड्ने भएपछि दलहरू प्रतिनिधिसभाका सिटमा भागबण्डानजिक पुगेका हुन् । भागबण्डमा कांग्रेसले ८५ सिटसम्म पाउने टुंगो लागेको छ । तर अहिलेसम्म ७६ सिट कांग्रेसको भागमा पक्का भएको छ ।

यसरी कांग्रेसको भागमा पक्का भएका सिटमा प्रदेश १ का १६, मधेस प्रदेशका १२, वागमतीका १५, गण्डकी र लुम्बिनीका १०/१०, कर्णालीका ५ र सुदूरपश्चिमका ८ सिट छन् । सत्तारुढ कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाबीचको सहमतिमा सत्ता नेतृत्वकर्ता दलले सबैभन्दा बढी सिटमा उम्मेदवार उठाउन पाउने भएको हो ।

तराई मधेसका केही सिटमा अझै पनि कांग्रेस र जसपाबीच कुरा मिल्न बाँकी छ । यी सिटमा कुरा मिल्दा कांग्रेसको अझै ७/८ सिट बढ्ने भएको छ ।

अरु दल कसलाई कति ?

कांग्रेसका बाहेक माओवादीले ४५/४६ सिट पाउने भएको छ । नेकपा एसका पनि १२ सिट पक्का भएको छ । जसपाले १४ सिट पाउने पक्का भएको छ । कांग्रेससँग अझै केही सिट मिलाउन बाँकी छ । यी २ दलकाे सिट अझै केही बढ्ने देखिन्छ ।

यस अघि कांग्रेसले एक सय सिट दाबी गरेर ९० मा अडान देखाउने तयारी गरेको थियो । तर सत्ता गठबन्धनका दल तयार नभएपछि उ ८४/८५ सिटसम्म पनि घट्न तयार भएको हो । माओवादी पनि ५० सिटको अडानबाट ४५ हाराहारीमा मान्न तयार भएको छ । नेकपा एस र जसपा १५ देखि २० सिटसम्म मान्ने अवस्थामा आइपुगेका छन् ।

छलफल प्रदेशसभा केन्द्रित

केही विवादितबाहेक प्रतिनिधिसभाका धेरै क्षेत्र टुंगो लगाएपछि सत्तारुढ दलहरू प्रदेशसभाका ३३० सिटको बाँडफाँटमा लागेका छन् । यसको लागि तीनदेखि गठबन्धनका नेता छलफलमा जुटेका छन् । कतिपय प्रतिनिधिसभाको क्षेत्र प्रदेशसभाको भागबण्डा अनुसार पनि मिलाउन बाँकी रहेकोले दलहरू बाँकी क्षेत्रको टुंगो प्याकेजमा नै लगाउने समझदारीमा पुगेका हुन् ।

यी हुन् कांग्रेसले प्रदेशगत रुपमा पाउन लागेका प्रतिनिधिसभाका सिट

प्रदेश १ बाट १६ सिट

झापा १, २, ३

पाँचथर

इलाम २

धनकुटा

ओखलढुंगा

उदयपुर १

संखुवासभा

मोरङ १, २, ३, ६

सुनसरी २, ३, र ४

प्रदेश २ बाट १२ सिट

सप्तरी ४

सिरहा १

सर्लाही ४

सर्लाहीका थप २

रौतहट ४

सिरहा २ र ३ मध्ये १

धनुषाका ४ मध्ये २

महोत्तरी २

बारा १

पर्सा १

वागमती प्रदेशबाट १५

सिन्धुली १

रसुवा

धादिङ २

काभ्रे २

सिन्धुपालञ्चोक २

काठमाडौं १, ३, ४, ५, ६ (५ सिट)

भक्तपुर २

ललितपुर १, २

चितवन २

मकवानपुर १

गण्डकी प्रदेशबाट १०

मनाङ

मुस्ताङ

कास्की ३

नवलपुर १, २

म्याग्दी

पर्वत

स्याङ्जा १

तनहुँ १

गोरखा २

लुम्बिनी प्रदेशबाट १०

नवलपरासी (बर्दघाट सुस्ता)१

नवलपरासी (बर्दघाट सुस्ता) २

दाङ ३

गुल्मी १

पाल्पा १

कपिलवस्तु २

बर्दिया १

बाँके ३

अर्घाखाँची

रूपेन्देही ३

कर्णाली प्रदेशबाट ५

सुर्खेत १ र २

जुम्ला र मुगु दुई मध्ये एक

हुम्ला

दैलेख १ र २ मध्येबाट एक

सुदूरपश्चिम प्रदेशबाट ८

डडेलधुरा

दार्चुला

बाजुरा

कञ्चनपुर २ र ३

कैलाली ४ र ५

अछाम २

Back to top