×

वीरगञ्ज, ९ भदौ ।  पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रले निर्वाचन लक्षित गतिविधिलाई तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर शाक्यले क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने मनसाय बनाएसँगै उनी सोही क्षेत्रका जनतासँगको भेटघाट तथा छलफलमा व्यस्त देखिन्छन् ।

क्षेत्र नम्बर ४ का विभिन्न स्थानहरुमा नेकपा माओवादी केन्द्रको संगठन बिस्तारदेखि पार्टी प्रवेश कार्यक्रमहरुलाई शाक्यले निरन्तरता दिँदै आएका छन् । बिहिवार शाक्यले पर्साकै जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ चिलझपटीका जनताहरुसँग भलाकुसारी गरेका छन् । 

चिलझपटीका स्थानीयको घरदैलोमा पुगेर शाक्यले स्थानीयका समस्या र यसअघि निर्वाचित जनप्रतिनीधिले गरेका कामहरुको बारेमा जानकारी लिएका छन् । भेटघाटका क्रममा निर्वाचित जनप्रतिनिधिहरुले कुनै काम नगरेको र जनताको सुखदुखमा साथ नदिएको स्थानीयले दुखेसो पोखेका थिए । 

व्यवस्था परिवर्तन भएपनि स्थानीयस्तरका समस्याहरु ज्यूँका त्युँ रहेको भन्दै शाक्यले चिन्ता व्यक्त गरेका छन् । प्रचुर सम्भावना रहेका स्थानीय स्रोत साधनको परिचालन र सदुपयोग गर्न पनि नेतृत्वहरु चुक्दा जनताले सास्ती खेप्नु परीरहेकोमा उनले आपत्ति जनाए । जनताका आधारभूत आवश्यक्ताहरु नै पूरा नभएको बेलामा ठूला ठूला सपना र आश्वासन देखाएर जनताको आँखामा छारो हाल्ने जमाना अब नरहेको बताउँदै शाक्यले सचेत भएर जनताका समस्या र आवश्यक्तालाई बुझ्ने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । 

चिलझपटीमा शाक्यसँगै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको योङ् कम्युनिष्ट लिग (वाईसिएल) नेपालका केन्द्रीय सदस्य सन्तोष पटेलले जानकारी दिए । 
May be an image of 8 people, people standing, outdoors and tree

Back to top