×

वीरगञ्ज, ५ भदौ । ओम्नी अटोमोवाइल्स् प्रा.ली.ले स्वराज कम्पनीको नयाँ उत्पादन प्रक्षेपण (प्रोडक्ट लञ्च) गरेको छ । बाराको अमलेखगञ्जस्थित एक होटलमा स्वराज ७४४ एक्स टी कम्पनीको ट्याक्टर प्रक्षेपण गरिएको हो । 

ओम्नी अटोमोवाइल्स प्रा.ली.का प्रबन्ध निर्देशक सन्दिप मोहता र जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सञ्जय कुमार साहले सयुँक्त रुपमा नयाँ उत्पादनको उद्घाटन गरेका हुन् । 

विगत ३ दशकभन्दा लामो समयदेखि ग्राहकको रोजाईमा पर्न सफल स्वराजले ग्राहकको आवश्यक्ताअनुसार परिमार्जन र परिस्कृत गरेर नयाँ उत्पादन बजारमा ल्याएको ओम्नी अटो मोवाइल्सका प्रबन्ध निर्देशक सन्दिप मोहताले बताए । ग्राहकहरुले स्वराजलाई गरेको बिश्वासलाई अँझै मजबुत बनाउन र गुणस्तरलाई निरन्तरता दिन स्वराजको नयाँ उत्पादन कोशेढुंगा साबित हुने मोहताको बिश्वास छ । 

जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सञ्जय कुमार साहले चलाएरै उद्घाटन गर्दा आनन्ददायीसँगै सहज भएको प्रतिक्रिया दिए । कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायीसमेत रहेका साहले स्वराज कम्पनीको ट्याक्टर अधिकांश ग्राहकको पहिलो रोजाइमा रहेको बताए । 

कार्यक्रममा स्वराज ट्याक्टरका कन्ट्री म्यानेजर हर्जित सिंहले स्वराज ७४४ एक्स टीको निर्माण प्रक्रिया, यसका सहजता लगायतका बारेमा प्रकाश पारेका थिए भने सर्भिस कन्ट्री हेड अभयकान्त मिश्राले नयाँ ब्राण्डले ग्राहक निराश नहुने दावी गरेका थिए । 

स्वराज बुकिङ्का क्रममा प्राप्त हुने अफरका बारेमा जानकारी दिँदै ओम्नी अटोमोवाइल्स प्रा.ली.का म्यानेजर बिजयन्द्र झाले नयाँ ब्राण्ड ७४४ एक्स टी को वारेन्टी ६ वर्षको रहेको बताए । यसका साथै २ महिनासम्म ३१ हजार रुपैयाँ सम्मको आकर्षक उपहार समेत रहेको उनले बताए । 

पहिलो दिन बुकिङ् गरेको ९ जनामध्ये लक्की ड्र मार्फत बाराको धर्मविर प्रसाद पटेलले एण्ड्रोइड मोवाइल प्राप्त गरेको थिए । 

ओम्नी अटोमोवाइल्स प्रा.ली.का बित्तिय प्रमुख (फाइनान्स हेड) दिलिप हमालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूजा अधिकारी र टिना सुनारले नृत्य प्रस्तुत गरेका थिए । 
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क. ले गरेका थिए । 
 

Back to top