×

आईफोन १४ सिरिजकाे सार्वजनिक मिति नजिकिएसँगै एप्पलले उत्पादन सुरु गर्न थालेको छ । कम्पनीले भारत र चीनमा एकैपटक आईफोन १४ उत्पादन गर्ने तयारी गरिरहेको छ ।

एप्पलको भित्री जानकारीहरू सार्वजनिक गर्ने मिङ-ची कुओका अनुसार कम्पनीले नयाँ आईफोन १४ सिरिजमध्ये कम्तीमा एक माेडल भारतमा उत्पादन गरिनेछ ।

यदि यो कुरा सत्य हो भने, यो पहिलो पटक हुनेछ कि नयाँ पुस्ताको आईफोनको उत्पादन चीनसँगै अर्को देशमा एकैसाथ सुरु हुनेछ ।

कुओले उल्लेख गरेअनुसार सामान्य अवस्थामा चीनबाहिर नयाँ आईफोनको उत्पादन सुरु हुन केही महिना लाग्छ ।

उदाहरणका लागि, फक्सकनले यस वर्ष अप्रिलमा भारतमा आईफोन १३ एसेम्बल गर्न थाल्यो, जबकि ब्राजिलमा उत्पादन केही हप्तापछि सुरु भयो ।

अन्य देशमा आईफोन उत्पादनको उद्देश्य विश्वव्यापी माग पूरा गर्ने भन्दा पनि स्थानीय बजारहरूलाई सेवा दिनको लागि हो ।

उनका अनुसार भारत र सम्भावित रूपमा ब्राजिलमा पनि आईफोनको उत्पादन बढाएर, एप्पलले विस्तारै चीनमा आफ्नो निर्भरता कम गर्न सक्षम हुनेछ ।

हाल कम्पनीले आफ्ना उत्पादनको निर्माणका लागि चीनको विकल्पको रुपमा अन्य देशमा परीक्षण गरिरहेको छ ।

Back to top