×

वीरगञ्ज, २१ साउन ।  वीरगञ्जमा किड्स गट ट्यालेन्टको पहिलो चरणको अडिशन शनिवार सम्पन्न भएको छ ।  ५ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाहरुको कला र प्रतिभालाई प्रस्तुत गर्ने अभिप्रायले आयोजित किड्स गट ट्यालेन्टको पहिलो चरणको अडिशन सम्पन्न भएको हो । 

चलचित्र पत्रकार संघ पर्सासँगको सहकार्यमा ग्लोबल इभन्ट म्यानेजम्यान्ट एण्ड एडभर्टिजम्यान्टले आयोजना गरेको किड्स गट ट्यालेन्टको पहिलो चरणको अडिशनमा ५० जना बालबालिकाले सहभागिता जनाएका थिए । 

उनीहरुले गायन, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । अडिशनमा प्राध्यापिका पल्लबी हर्लाल्का, मोडल एवम् निर्देशक युवराज केशरी, र चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 


No description available.

Back to top