×

 वीरगञ्ज १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सम्भवतः आजको बैठकबाट चुनावको मिति घोषणा हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपी बैठकका कार्यसूचीबारे भने मन्त्रीहरुलाई जानकारी गराइएको छैन् । बुधबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी ४ मंसिर गते आम निर्वाचन गर्ने सहमति गरेको थियो।

यसअघि निर्वाचन अयोगले २ मंसिरमा निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो ।

Back to top