प्रदेश लोक सेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ।
त्यसो गर्नेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन्। मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोक सेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ।
आयोगले जारी गरेको सुचना अनुसार उनको मास्टर आइडी १४०५७ र रोल नं. ४४६६ रहेको छ। रेउलेले वस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार रेउलेलाई प्रदेश लोक सेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा ९१० को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, ०७८९ को दफा ३६ को उपदफा ९२० को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ।
उक्त ऐन अनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपुर्ती सम्बन्धी सबै विज्ञापनहरूमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ।