×

दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर हरेक बिहान खाली पेटमा दही खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दहीमा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसमा भिटामिन सी र क्याल्सियम पनि प्रशस्त हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ ।

त्यसैले बिहान खाली पेटमा दही खाँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्या बढ्छ र पाचन प्रक्रियालाई गति दिन्छ । जसका कारण यी ब्याक्टेरियाले आन्द्रामा जमेको फोहोर छिट्टै सफा गर्छ र त्यो फोहोर दिसाको रुपमा बाहिर निस्कन्छ ।बिहान खाली पेटमा दही खाँदा के कस्ता फाइदा हुन्छन्, यसबारे जानकारी लिऔं

१. पाचनका लागि: दैनिक बिहान खाली पेटमा दही खानु पाचन क्रियाका लागि निकै फाइदाजनक मानिन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ, जसले पाचनलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै यसले पाचन सम्बन्धी समस्यालाई पनि हटाउँछ । दहीको सेवनले पेटलाई चिसो बनाउनुका साथै पेट सफा राख्छ ।

२. प्रतिरक्षा बलियो बनाउन लाभदायी: हरेक दिन बिहान खाली पेटमा दहीको सेवन गर्नु रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै फाइदाजनक मानिन्छ किनभने दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । यसका साथै दहीमा धेरै पौष्टिक गुणहरू पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । साथै, यस्ता पौष्टिक तत्वहरुले शरीरलाई रोगहरूबाट बचाउन पनि मद्दत गर्छन्।

३. हड्डी बलियो बनाउन लाभदायी: दैनिक बिहान खाली पेटमा दहीको सेवन गर्दा हड्डी निकै मजबुत हुन्छ किनभने दहीमा भिटामिन डी, क्याल्सियम, प्रोटिन जस्ता गुण पाइन्छ, जसले हड्डीलाई बलियो बनाउन सघाउ पुर्याउँछ । ४. तत्काल ग्लुकोज दिन्छ: शरीरमा तुरुन्तै ग्लुकोज प्राप्त गर्नका लागि हरेक बिहान खाली पेटमा दहीको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । बिहान खाली पेटमा दही खाँदा शरीरलाई तुरुन्तै ग्लुकोज प्राप्त हुन्छ, जसले तपाईंलाई दिनभर सक्रिय रहन मद्दत गर्छ ।

Back to top