×

वीरगञ्ज, १६ साउन ।  वीरगञ्जको चिनी कारखाना परिसरमा रहेको पशुपति नाथको मन्दिरमा पूजा अर्चना गरिएको छ । साउन महिनाको सोमवारको अवसर पारेर मधेश प्रदेशका ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मासहितको टोलीले उक्त मन्दिरमा पूजाअर्चना गरेको हो । 

आस्था र बिश्वासका लागि प्रसिद्ध काठमाण्डौस्थित पशुपतिनाथको मन्दिरपछि वीरगञ्जको चिनी कारखानामा रहेको मन्दिरलाई पनि प्रचारप्रसार गरेर धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्ने मन्त्री शर्माले बताए । मन्दिरको पूजापश्चात स्थलगत निरीक्षण गर्दै उनले मन्दिरमा केही व्यवस्थापन र स्तरोन्नती गर्न सके आकर्षक गन्तव्य बनाउन सकिने धारणा राखेका थिए । 

उक्त मन्दिरको व्यवस्थापनका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पुर्ण प्रदेशबासीको सुख, समृद्धि एवम् उत्तरोउत्तर प्रगतीको कामना समेत गरेका थिए । 

त्यस्तै नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवम् वीरगञ्ज महानगरपालिकाका सद्भावना दुत् अशोक वैद्य, नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, डा. काशीकान्त झा, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, युवा समाजसेवी कञ्चन झा, हिन्दु स्वयमसेवक संघ काठमाण्डौका वेद प्रकाश लगायतको उपस्थिती रहेको थियो । 

सो अवसरमा पण्डित पुरुषोत्तम दुवेले पूजा गराएका थिए । 
 

Back to top