×

वीरगञ्ज, १४ साउन । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई मन्दिर परिसरमा निःशूल्क आँखा तथा दाँत शिविर सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा शिविर सम्पन्न भएको हो । 

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी लगायतको टोलीले आँखा तथा दाँत परीक्षण गरेको थियो । 

शिविरमा ग्लोबल ईमरजीङ्ग लिडरका अध्यक्ष राहुल पटेल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटा, श्याम शर्मा, पुरुषोत्तम दुवे, मनिष सिँह राजपुत लगायत सामुदायिक सेवा केन्द्र श्रीपुरका पदाधिकारीहरुको उपस्थिती रहेको सामुदायिक प्रहरी सेवा केन्द्रकी तनुजा श्रेष्ठले जानकारी दिइन् । 


 

Back to top