×

वीरगञ्ज, ३० चैत ।  नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको छ । 

अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको नेकपा माओवादी केन्द्र पर्साका ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गरी जिल्लाका जिम्मेवार नेतृत्वहरुलाई गाली गलोज गराउन लगाएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गर्ने कार्य गरेको विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा लेखिएको छ,‘स्थानीय चुनावमा समेत धक्का पार्ने कार्य, अनुशासन हिन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने गरेको हुँदा पार्टीबाट निष्कासन गरिएको छ ।’ 

यसअघि नेकपा माओवादी केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित भएका अन्सारी निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा पनि पराजित भएका थिए । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रबाट अन्सारी नै सम्भावित उम्मेदवारी थिए । अब उनी नै पार्टीबाट निष्कासित भएपछि मेयरको उम्मेदवार को भन्ने अनिश्चित भएको छ ।  

No description available.

Back to top