×

वीरगञ्ज १६ असोज । पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरिया नगरपालिकामा शुक्रबार विभिन्न कार्यक्रमहरु गरिएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारको विशेष उपस्थितिमा विभिन्न कार्यक्रमहरु गरिएको हो ।

मुख्यमन्त्री राउत र सांसद् रौनियारको टोलिले पोखरिया अस्पतालको अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमनको क्रममा टोलिले अस्त्पाललाई उपलब्ध गराएको स्रोत र साधनको उपयोग बारे जानकारी लिएको थियो । कार्यक्रममा सांसद् रौनियारले अस्पतालको लागि प्रदेश सरकारले थप पाँच करोड रुपैयाँ विनियोजन गरेको जानकारी समेत गराए ।

त्यसैगरी नगरपालिकामा मुख्यमन्त्री राउत र सांसद् रौनियारको उपस्थितिमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरियामा शुक्रबार एक कार्यक्रम बीच वृक्षारोपण गरिएको थियो । अभियान अन्तर्गत आज दोस्रो चरणमा विभिन्न वोटका ५० वटा वृक्षहरु रोपिएका थिए ।

नगरपालिकाको वडा नम्बर ५ स्थति सतवरियामा प्रदेश सरकार र पोखरीया नगरपालिकाको सहकार्यमा बृक्षरोपण कार्यक्रम भएको नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले जानकारी दिइन ।

त्यसतै पोखरिया नगरपालिका वडा वडा नम्बर ८ स्थित जगतपुरमा तैरिमाई युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा २ महिलासहित ३८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिए ।

रक्तदान पश्चात प्रमाण पत्र वितरण गर्दै सांसद् रौनियारले रक्तदान मानिसले गर्नसक्ने सबै भन्दा महत्पूर्ण परोपकारी काममध्ये एक रहेको बताए । उनले वीरगञ्ज जस्तै पोखरियामा पनि छुट्टै रक्तसञ्चार केन्द्र स्थापन गर्न आफुले पहल गरिसकेको बताउँदै छिट्टै यहाँपनि रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने जानकारी दिए ।

कार्यक्रममा सबिला खातुन, इन्दु देवी, अमित कुमार गिरी, किशोरी साह, बलिराम साह सुनार, सुखी भगतलगायतले रक्तदान गरेका थिए ।

कार्यक्रमहरुमा जसपा नेता विरेन्द्र यादव, रामनरेश यादव, सलाउदिन अहमद, तबरेज अहमद, नागेन्द्र यादव, विजय चौरसिया, श्रीलाल मोदी, पोखरिया नगरपालिकाका मेयर मेयर दिपनारायण रौनियार, उपप्रमुख सल्मा खातुनलगायतका सहभागिता रहेको थियो ।

Back to top