×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हुँदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३:३४ बजेदेखि हुँदै छ ।

जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ९ खेलमा ४ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । ८ अङ्क हासिल गरेको गुजरात अङ्क तालिकामा सातौँ स्थानमा रहेको छ ।

त्यसै गरी बैंगलुरुले ९ खेलमा २ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । केवल ४ अङ्क हासिल गरेको बैंगलुरु अङ्क तालिकामा पुछारमा रहेको छ ।

त्यसै गरी आज दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुँदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ ।

जारी आइपिएलमा चेन्नईले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ । ८ अङ्क रहेको चेन्नई अंकतालिकामा पाँचौँ स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ र १० अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

Back to top