×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ । अहमदवादमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुँदै छ ।

जारी आइपिएलमा गुजरात टाइटन्सले ११ खेलमा ४ जित र ७ हारसहित अङ्कतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अङ्क हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठूलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।

त्यसैगरी यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्त्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।

चेन्नई आईपीएलकै सबैभन्दा सफल टिममध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Back to top