×

फाइल तस्बिर

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी ६ स्थित आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । 

प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौँ पुगेका मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलागी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरूको अवस्थाबारे जानकारी लिएका छन् । 

पीडित परिवारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको यकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गरे ।
 

Back to top