×

वीरगञ्ज । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्र्तगत तेस्रो स्थानका लागि अहिले ओमनमा भइरहेको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३९ रनको योगफल तयार पारेको हो । 

नेपालका लागि दिपेन्द्र सिंह एैरीले सर्वाधिक ४४ रन बनाए । २९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । यसअघि युएईसँग राम्रो प्रदर्शन नगरेका दिपेन्द्र आज लयमा आएका हुन् । उनको राम्रो ब्याटिंगकै कारण नेपालले आज हङकङलाई मध्यम लक्ष्य दिन सफल भएको हो । 

सन्दिप जोराले २३ बलमा २२ रन बनाए । कप्तान रोहित पौडेलले १९ बलमा २१ रन जोडे । सोमपाल कामी १२ रनमा आउट भए । 

Back to top