×

वीरगञ्ज । नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपअन्र्तगत ओमनको अलअमरेत क्रिकेट ग्राउन्ड १ मा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रनको योगफल तयार पारेको हो ।

नेपालका लागि सन्दिप जोराले अर्धशतकीय पारी खेले । उनले ४० बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ५० रन बनाए ।

गुल्शन झाले २० रन बनाए । १६ बल सामना गरेका उनले १ चौका र १ छक्का प्रहार गरे । करण केसीले १२ बलमा १७ रन बनाए । उनले २ छक्का प्रहार गरे । अरु ब्याटर आजको खेलमा चल्न सकेनन् । 
 

Back to top