वीरगञ्ज । नियम विपरीत काजमा खटिएका ८ सय ७७ जना प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ ।
२०७९ चैत १० गतेदेखि २०८० फागुन ३० गतेसम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८ सय ७७ जना प्रहरीलाई दरबन्दीमा फिर्ता गरिएको हो ।
वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजीपी) भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो ।
उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए ।
संगठन र व्यक्तिको लागि अति आवश्यक बाहेकको हकमा अहिले काज नगर्ने हेडक्वाटरको नीति रहेको प्रवक्ता ढकालको भनाइ छ ।