×

वीरगञ्ज । विश्व बजारमा ख्याती प्राप्त ‘ब्राण्ड’ हो सामसुङ् । जुन नाम बालकदेखि बृद्धसम्म हरेकको मुखमै पनि झुण्डिएको छ । हरेकको रोजाईमा पर्ने सामसुङ् ब्राण्डको बजार पछिल्लो समय घट्दै गएको पाइएको छ । वीरगञ्जका सामसुङ् मोवाईलका बिक्रेताहरुको व्यवहारका कारण ग्राहकहरु आक्रोशित भएका छन् । 

वीरगञ्जका सामसुङ् मोवाइलका बिक्रेताहरुले ग्राहकलाई ठग्ने गरेको पाइएपछि ग्राहक आक्रोशित बनेका हुन् । सामसुङ् मोवाईल खरिद गर्दा बिमाबापत रकम मोवाईलसँगै जोडेर लिने गरेको तर पछि कुनै समस्या देखिएमा भने रकम माग्ने गरेको ग्राहकको गुनासो छ ।

ग्राहकका अनुसार मोवाईलको वारेन्टी हुँदा पनि सोही अवधिभित्र बिग्रिएमा सर्भिस गर्न जाँदा आनाकानी गर्ने र वारेन्टी भएकै अवधिको पनि शूल्क माग्ने गरेका छन् । 

वीरगञ्जस्थित सामसुङ् फोनको बिक्रेता सर्भिस सेन्टर हेडका सचालक सोनु सर्राफले मोवाईलको वारेन्टी हुँदा पनि सोही अवधिभित्र बिग्रिएमा सर्भिस गर्न जाँदा अस्विकार गरेको एक ग्राहकले दुखेसो पोखे । साथै महिनौ बित्दा पनि मोवाईल मर्मत नगरेको अर्का ग्राहकको भनाई छ । 

वीरगञ्जको सामसुङ् मोवाईल डिलर फोनजोन लगायतका बिक्रि कक्षहरुले ग्राहकलाई ठग्ने र फोन खरिद गर्ने समयमा जानकारी नदिने गरेको ग्राहकको अनुभव छ । 

मोवाईल खरिद गर्ने समयमा वारेन्टी दिँदा मोवाईल बिग्रिएमा वा कुनै सर्भिस गर्नुपरेमा निशुल्क हुने भनेर ग्राहकलाई ठग्ने र पछि अतिरिक्त रकम माग्ने  र महिनाे बित्दा पनि माेबाईल बनाएर नदिने गरेको एक सेवाग्राहीले नाम नबताउने शर्तमा यात्रा डेलीलाई बताए ।

Back to top