×

वीरगञ्ज ।  सीमान्तकृत समुदायका आवाजलाई बुलुन्द रुपमा उठान गर्ने पर्सा बारा र रौतहटका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । एसिया फाउण्डेशन, युएसएआईडी, स्ट्याण्ड (सिभिल सोसाइटी) सँगको सहकार्यमा हाम्रो अभियान पर्साले आयोजना गरेको भिडिया फेलोशिप बारे एक दिने अभिमुखीकरणमा सहभागी पत्रकारहरुले समाजबाट उपेक्षामा परेका र पारिएका समुदायको आवाज उठाउनुपर्नेमा जोड दिएका हुन् । 

अभिमुखीकरणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारहरु आफ्नो जिम्मेवारीबाट पन्छिदै गएकोप्रति चिन्ता व्यक्त गरे । सामाजिक विषयभन्दा पनि राजनीतिक दलका नेताको कार्यक्रम र भनाईमै रुमल्लीरहेको पत्रकारिताबाट माथि उठ्नुपर्नेमा उनले जोड दिए । प्रविधिको विकाससँगै सहज बन्दै गएपनि पत्रकारहरु अल्छी बन्दै गएको तिवारीको भनाई छ । 

समाज रुपान्तरण हुने खालका विषयमा र नागरिकलाई सुसुचित बनाउने क्षेत्रमा कलम चलाउन उनले आग्रह गरे । नेपाल पत्रकार महासंघको तर्फबाट विभिन्न तालिमहरुको आयोजना हुँदै आएपनि पर्सेली पत्रकारहरुमा त्यहीअनुरुपको ऊर्जा देख्न नसकेको उनले बताए । संख्यात्मक रुपमा पत्रकार बढ्दै गएपनि राम्रो लेख्न सक्ने तथा बोल्न सक्ने दक्ष पत्रकारको अभाव खट्किरहेको अध्यक्ष तिवारीको भनाई छ । 

दलित महिला विकासकी अध्यक्ष निला रामले दलित समुदायभित्रका समस्याहरुलाई मिडियाले सही ढंगले उठान गर्न नसकेको टिप्पणी गरिन् । समाजमा अगाडी बढ्न चाहने दलित एवम् महिलालाई समाज नै बाधक बन्ने गरेकोमा उनको आपत्ती छ । उनले भनीन्, ‘महिलाहरु अगाडी बढ्न खोज्दा यो समाजले गलत नजरले हेर्ने गर्छ । हामी केही गर्न खोज्दा पनि गर्न पाइँदैन ।’ विद्यालयदेखि समाजसम्म हरेक क्षेत्रमा दलितमाथि विभेद हुने गरेको उनको दुखेसो छ । 

सामाजिक अभियानता प्रकाश थारुकाअनुसार नागरिक समाज र पत्रकारबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । पत्रकारले उठाएको एउटा विषयले पनि धेरै प्रभाव पर्ने बताउँदै उनले प्रभाव पर्ने खालको पत्रकारिता गर्न आग्रह गरे । आफुले पनि पत्रकारितामार्फत उठेका विषयमा सबैसँग सहयोग जुटाएर थुप्रै समस्याको समाधान गरेको बताए । खाना, नाना, छानासँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ताबाट बञ्चित भएकाहरुको आवाज बनेर सरकारलाई खबरदारी गर्नुपर्ने थारुको सुझाव छ । 

No description available.

हाम्रो अभियानले पर्सा, बारा र रौतहटका १० जना पत्रकारलाई छनौट गरेर फेलोशिप प्रदान गरेको छ । उक्त फेलोशिपको उद्देश्य, प्रक्रिया र विषयवस्तुका सम्बन्धमा हाम्रो अभियानकी कार्यक्रम अधिकृत सलमा खातुनले जानकारी गराएकी थिइन् । उनकाअनुसार सीमान्तकृत समुदायका समस्यालाई उठान गर्दै राज्यको नीति निर्माण तहसम्म पु¥याउनुका साथै पत्रकारको क्षमता अभिवृद्धि गर्ने अभिप्रायका साथ फेलोशिप प्रदान गरिएको हो । 

फेलोशिपको अवधि सात महिनाको हुने अभियानका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक शिवनाथ यादवले जानकारी दिए । यादवकाअनुुसार १० जना पत्रकारले ७ महिनामा प्रतिव्यक्ति ५ वटाका दरले ५० वटा सामग्री तयार गर्नुपर्नेछ । दश जना पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रशिक्षकको समेत व्यवस्था गरि सहजीकरण गरिनुका साथै बिचमा लेखनकला सम्बन्धी प्रशिक्षण तथा कार्यशाला पनि गरिने अभियानका कार्यकारी निर्देशक यादवले बताए । 

No description available.

Back to top