×

वीरगञ्ज, १२ बैशाख ।  वीरगञ्ज महानगपालिकाको मेयरमा नेकपा एमालेबाट बिजय कुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । 

नेकपा एमालेबाट मेयरमा सरावगी र उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराएका हुन् । 

सरावगीसँगै राप्रपाबाट गिरीश गिरी, नेपाल सद्भावना पार्टीबाट बिजय कुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरीले पनि मेयरमा मनोनयन दर्ता गरेका छन् । 

स्वतन्त्रबाट प्रभात सिँह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिँह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सञ्जिव कुमार यादव, कैलाश प्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिँह, रोज मियाँ अन्सारीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । 

अहिलेसम्म वीरगञ्ज महानगरपालिकाको मेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । 
 

Back to top