×

बहुदरमाई, १ भद्रौं - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पर्साको बहुदरमाई नगरपालिका कार्यसमितिको विस्तृत बैठक तथा अगुवा कार्यकर्ता भेला शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि प्रदेशसभा सदस्य डा. अन्जु कुमारी यादवले पार्टीले जिल्लामा आफ्नो गतिविधिहरु बढाउदै थप कार्यकर्ताहरु जोड्ने पर्ने बताएकी थीइन । उनले भर्खरै सम्पन्न स्थानीय, संघीय र प्रदेशी निर्वाचनको पार्टीले अहिले सम्म समिक्षक नगरेको भन्दै ढिलै भएपनि अब समिक्षा गर्ने बेला आएको बताएकी थिइन् ।

जनताले पार्टीलाई विस्वास गरेपनि केन्द्रका नेताहरुले जनता माझ नआएका कारण हाम्रा विश्वासिला कार्यकर्ताहरु कांग्रेस र फोरमलगायातका पार्टीहरुले चोर्ने गरेको आरोप लगाएकी थिईन । साथै उनले कार्यकर्ताहरुलाई धैर्य धारण गरि हाम्रो गौरभसाली पार्टीमै आबद्ध रहन आग्रह गरकी थिईन ।

प्रदेशसभा सदस्य डा. यादवले बहुदरमाई क्षेत्रका विकासका लागि आफुले दिर्घकालिन योजनाकाहरु ल्याउन सदनमा जोडदार आवाज उठाउदै आएको बताउदै छिटै केहि योजनाहरु लागु हुने बताएकि थिईन ।

राष्ट्रिय जनता पार्टीका केन्द्रिय महासचिव शिव पटेलको संयोजकत्वमा समपन्न कार्यक्रममा प्रदेशसभा सदस्य रमेश पटेल, केन्द्रिय महासचिव राजेशमान सिंह, उप-महासचिव निजामुदिन सम्मानी, केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव, पार्टी पर्सा जिल्ला अध्यक्ष मण्डलका संयोजक प्रेमबाबू पटेल, विरेन्द्र यादव, जिल्ला उपाध्यक्ष डा. अन्जु यादव, महिला नेतृ रम्भा मिश्र, मिनु ठाकुरलगयात क्षेत्रीय नेता कार्यकर्ता तथा स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।

Back to top