×

पर्सा, जेठ, ५ । नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता हुँदैमा आतिनु नपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट निर्वा्चित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै, निधिले विग्तका दिनमा भएको त्रुटिलाई सचयाऊदै अगाडी बढ्न आम कांग्रेसीमा आग्रह गरेका थिए ।

देशमा धेरै पार्टी फुटे र जुटेपनी कांग्रेसले नै दशकौदेखी विशेष भुमिका निर्वाह गर्दै आएकाले पार्टीलाई दत्तचित भएर अगाडी बढाउनुपर्ने आजको आवश्यकता रहेको उनले बताएका थिए । मधेसी दलहरु एक भएर न न एक हुन सके, न त ति एकताले नेपाली काग्रेसलाई केही भयो न त नयाँ नयाँ पार्टी खुलेरै कांगे्रसलाई केही असर प¥र्यो त्यसैले बाम एकता हुँदैमा अकाशै खसेको भने हैन् ।

नेपाल ट्रेड युनियण लक्ष्मण प्रसाद कुर्मि अध्यक्षतामा समपन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, नेपाली काग्रेस पर्साका सभापति अजय द्विवेद्वि, बाराका सभापति जयचन्द्र यादव, वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कि, नेविसंघ पर्साका संयोजक दिलिप राज कार्की लगायतकाले मन्तव्य व्यक्ति गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान र विविसी नेपालीकि माधुरी महतोलाई सम्मान गरेको थियो ।

Back to top