×

वीरगंज, वैशाख २७ - संघीय समाजवादी फोरम नेपाल पर्साले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ जनकपुरमा स्वागतका गर्नका लागि पर्सा जिल्लाबाट हजारौंको जनसहभागीता जनाउने निर्णय गर्दै मोदीको स्वागतका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

वीरगंजमा आज सांसद र विधायकहरु सहित बसेको फोरम नेपालको बैठकले मोदीको स्वागतको लागि पर्सा जिल्लाबाट हजारौंको जनसहभागीता जनाउने निर्णय गर्दै मोदीको स्वागतका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

जनकपुरमा भारतीय प्रधानमन्त्रीको स्वागतका लागि सयौं बसमा आजै राति हजारौं मानिस लिएर जनकपुर जाने फोरम नेपाल पर्साका अध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले जानकारी दिनु भयो ।

यादवकै अध्यक्षतामा बसेको बैठकमा विधायकहरु प्रहलाद गिरी , जन्नत अन्सारी र मन्जुर अन्सारी, फोरम नेपालका केन्द्रिय सदस्यहरु मोहन चौधरी , सिपु तिवारी , फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मी , जिल्ला प्रवक्ता रामनरेश यादव , प्रदेश २ का सचिव सलाउदीन अहमद , जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारी , समाजवादी विधार्थी फोरमका प्रदेश २ का संयोजक निखिल वर्णवाल लगायतको सहभागीता रहेको थियो ।

Back to top