×

वीरगन्ज २९ चैत संघीय समाजवादी फोरम नेपालको सम्पूर्ण संगठनहरु पुर्नगठन हुने भएको छ। पार्टी एकीकरण तथा निर्वाचनपछि स्थानीय तहदेखि केन्द्रसम्म तथा विभिन्न वर्गीय संगठनहरुको पुर्नगठन गर्ने तयारी फोरमले गरेको छ।

काठमाडौंमा तीन दिनसम्म चलेको फोरमको पदाधिकारी बैठकमा संगठन पुर्नगठन तथा सुदृढिकरणका विषयमा छलफल भएको उपाध्यक्ष रेणु यादवले पहिलोपोस्टलाई जानकरी गराइन्।

‘पदाधिकारी बैठकमा संगठनको पर्नुगठन, सुदृढिकरण तथा विस्तारका विषयमा छलफल जारी रहेको छ,’ यादवले भनिन्,‘हिजोबाट केही दिनका लागि बैठक स्थगित भएको हो। केही दिनभित्रै पुनः बैठक बस्नेछ।’

अव बस्ने बैठकले गर्ने निर्णयलाई राजनीतिक समितिमा छलफल गर्ने र त्यसपछि केन्द्रीय समितिमा छलफल गरेर कार्यन्वयनमा ल्याइने यादवले बताइन्।

Back to top