×

वीरगन्ज १९ चैत वीरगन्जको अलौं सिर्सियामा भारत सरकारले नेपालका लगि निर्माण गरिदिएको एकीकृत जाँच चौकी आईसीपी यहि चैत महिनाभित्र सञ्चालनमा ल्याउने गरी सरकारले अन्तिम तयारी थालेको छ।आईसीपीको भौतिक र प्राविधिक सबै संरचनाको निर्माण कार्य सकाएर भारत सरकारले चैत ११ गते नेपाल सरकारलाई औपचारिकरुपमा हस्तान्तरण गरिसकेकाले अब उद्घाटनसँगै सञ्चालनका लागि नेपाल सरकारले अन्तिम तयारी थालेको हो।आइसीपीअन्तर्गत निर्माण गरिएका भवन , विभिन्न पूर्वाधार र सुविधा सम्बन्धी कागजात चैत ११ गते वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत बिसी प्रधानले नेपालतर्फको आईसीपी सञ्चालनको जिम्मेवारी लिएको इन्टर मोडल यातायात विकास बोर्डका प्रमुख हेमेन्द्र मोहन शाहीलाई हस्तान्तरण गरेका थिए।भारतीय पक्षले हस्तान्तरण गरेपछि नेपाल सरकारले आईसीपी सञ्चालनको तयारी थालेको हो।त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, नेपालका लागि भारतीय राजदूत मन्जित सिंह पुरीका साथै दुवै देशका उच्च अधिकारीको टोलीले सोमबार आईसीपीको स्थलगत निरीक्षण र अनुगमन गरेको छ।स्थलगत निरीक्षण पछि आईसीपीको सभाकक्षमा आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले निर्माण कार्य सकाएर भारतले नेपाल सरकारलाई आईसीपी औपचारीकरुपमै हस्तान्तरण गरिसकेकाले चैत महिनाभित्रै आईसीपीको उद्घाटन गरेर सञ्चालनमा ल्याउनका लागि नेपाल सरकारले अन्तिम तयारी थालेको बताए।छलफलमा उपस्थित इन्टर मोडल यातायात विकास बोर्डका प्रमुख लक्ष्मण बस्नेत र भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीलाई निर्देशन दिँदै मन्त्री यादवले भने ,ु चैत २२ गते भित्रमा जे जति काम र प्रकृया बाँकी छ त्यो सबै सक्नु होला , त्यसपछि कुनै बहाना नगर्नु होला।उनले नेपाल र भारतका सम्बन्धित निकायका अधिकारीलाई आपसी छलफल गरेर आईसीपीको उद्घाटन र सञ्चालनको कार्य योजना पनि छिट्टै बनाउन निर्देशन दिए। मन्त्री यादवले भने, ुस्थलगत निरीक्षणका क्रममा आईसीपी सञ्चालनमा ल्याउन सकिने अवस्था रहेकाले चैत महिनाभित्रै यसको उद्घाटन हुन्छ।ुराजनीतिक क्रान्ति सकिएर नेपाल अब आर्थिक क्रान्तिको दिशामा अगाडि बढिरहेको भन्दै मन्त्री यादवले सरकारले अहिले लिएको आर्थिक समृद्धि प्राप्तिको लक्ष्यमा आईसीपी कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे।छलफल कार्यक्रममा उपस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले पनि चैत महिनाभित्रै आईसीपीको उद्घाटन र सञ्चालनको तयारीमा सरकार रहेको बताए।आईसीपी सञ्चालनमा ल्याउनका लागि चैत २२ गते भित्रमा सबै काम सक्ने भन्दै आईसीपलाई नेपाल सरकारले महत्वपूर्ण परियोजनाका रुपमा लिएको छ , आईसीपीको सञ्चालन पछि नेपाल भारतबीचको व्यपारमा ठूलो सहयोग पुग्छ।छलफल कार्यक्रममा सहभागी नेपालका लागि भारतीय राजदूत मन्जित सिंह पुरीले भारत सरकारले निर्माण गरिदिएको आइसपी छिट्टै सञ्चालनमा आओस् भन्ने चाहना भारत सरकारको पनि रहेको बताए।यसका लागि नेपाल र सरकार र सम्बन्धित निकायले पछिल्लो समयमा देखाएको सकृयता प्रशंसनीय रहेको भन्दै भारतीय राजदूत पुरीले आइसीपी सन्चालन पछि नेपाल भारत बिचको व्यपार व्यवसाय र आयात निर्यातमा धेरै सहजता आउने बताए।

Back to top