×

वीरगंज, मंसिर २४ – मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनको मतगणना गर्ने क्रम आज तेश्रो दिन पनि वीरगंज महानगरपालिका सहित श्री नेपाल राष्ट्रिय विध्यपिठ श्रीपुर उच्च माध्यमिक विद्यालयमा जारि रहेको छ ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र २ नम्बरको प्रतिनिधिसभा तर्फाबाट उम्मेदवार नेपाली कांग्रेसका अजय कुमार चौरसियालाई उछिन्दै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार विमल प्रसाद श्रीवास्तवले अग्रता लिएका छन् ।

विगत दुई दिन देखि चौरसियालाई पछ्याउदै आएका विमलले आज दिउसो चौरसियालाई ३ सय ६२ मतको झिनो मतान्तरले पछाडी पारेका छन् । फोरम-राजपा गठबन्धनका विमलले १० हजार ३ सय ९२ मत प्राप्त गरेका छन् भने नेपाल कांग्रेसका चौरसियाले ११ हजार ३० मत प्राप्त गरेका छन् । बाम गठबन्धनका महम्मद सलिम मन्सुर भने प्रतिस्पर्धामा निकै पछाडी देखिएकी छन् । उनि अहिले लगभग ६ हजार मतको अन्तरले पछाडी रहेकी छन् ।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार प्रदिप यादवले अग्रता कायम राखेका छन् भने नेपाली कांग्रेसका अनिल कुमार रुङ्ग्टाले उनलाई पछ्याई रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा भने नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।

Back to top