×

वीरगन्ज १४ मंसिर वीरगन्जमा घरदैलो कार्यक्रममा बोल्दै नेपाली काग्रेसले नै मधेशको हकअधिकार सुनिश्चित गराउन सविधान संशोधन गरेको बताउदै उम्मेदवार अनिल रुंगटाले मधेशको बाकी रहेको माग काग्रेसले आफनो दुई तिहाई बहुमतको सरकार निर्माण गरी पुरा गर्ने वाचा गर्दै काग्रेसलाई नै भारी बहुमतले विजय गराउन आग्रह गर्नुभयो ।

बुथ सभापती बाबुनन्द चौरसियाको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा सासंद उम्मेदवार रुंगटा र क्षेत्र नम्बर १ कै (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले घर घरमा पुगि काग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । घरदैलो कार्यक्रममा नेता कृष्ण अमात्य, नगर सभापती भोला कलवार, वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र पटेल, नेता प्रवेश सर्राफ, रतन सर्राफ, वडा नम्बर १५ का बुथ सभापती अनिल सिंह, महिला नेतृ भवानी घिमिरे, शावित्री भुमियार, नेवि संघका दिलिपराज कार्की, मनोज जैसवाल लगायतको सहभागिता रहेको थियो ।

 

Back to top