×

वीरगञ्ज, १२ मंसिर, ओम्नी इन्टरनेशनल प्रालि यसवर्ष उत्कृष्ट करदाताको सम्मानबाट सम्मानित भएको छ । सरकारले यस वर्ष मनाएको कर सप्ताह समापनको अवसरमा सो कम्पनीलाई सम्मानित गरेको हो ।

सप्ताहव्यापी कर दिवस समापनका अवसरमा सो ओम्नी इन्टरनेशनल प्रालिका निर्देशक दीपङ्कर काबरालाई सो सम्मान दिइएको हो । वीरगञ्जमा आयोजित एक समारोहमा सो सम्मान बितरण गरिएको थियो । सरकारले प्रत्येक वर्ष कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मानित गर्दै आएको छ ।

Back to top