×

वीरगंज, मंसिर ९ - आसन्न मंसिर २१ को निर्वाचनमा फोरम नेपालको जनमत देखेर काँग्रेसका नवनिर्वाचित वडा सदस्यहरुनै काँग्रेस परित्याग गरी फोरम नेपालमा प्रवेश गर्न थालेका छन् ।पर्साका काँग्रेसी नेताको रवैया र पार्टीको सिद्धान्तबाट असन्तुष्ट बन्दै वीरगंज महानगरपालिका वडा नं १२ मुर्लीका नवनिर्वाचित वडा सदस्य रमेश साह कानु फोरम नेपालमा प्रवेश गरेका हुन् ।मुर्ली चोकमा शनिवार आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा उनले मसाल उठाउँदै फोरम नेपालमा प्रवेश गरेका हुन् ।'

फोरम नेपालमा प्रवेश गर्दै छु भन्ने हल्ला काँग्रेसका नेताहरुको कानमा पुगेपछि उनीहरुले आफुलाई काँग्रेसमै बस्न कान समातेर पार्टीको गल्ती बारे क्षमा मागेको छन् ।‘क्षेत्र नं १ का उम्मेदवार समेत रहेका अनिल रुंगटाले कान समात्दै भनेका छन,रमेश भाइ फोरममा नजानु,’उनले भने,काँग्रेस नेतामा खैलाबैला मचेको छ,यस्तो निर्णयले काँग्रेसलाई घाटा पु¥याउँछ ।

काँग्रेसी नेतालाई राम्रोसंग थाँहा छ कि नवनिर्वाचित वडा सदस्य नै फोरममा प्रवेश गरेपछि जनतामा काँग्रेसप्रति नाकारात्मक सन्देश जान्छ ।त्यसैले जिल्ला अगुवा नेताहरुले काँग्रेसमै बस्न रिक्वेस्ट गर्न घर सम्म पुगेको बताए ।

आखिर के कारणले रमेश काँग्रेस छोडे त?यस विषयमा कुरा गर्दै उनले प्रष्ट पारे ।काँग्रेस नेताको व्यवहार र रवैयाको कारण आफुले पार्टी छोडेको बताए ।‘एक दिनको कुरा हो,मुर्लीको एक जना कार्यकर्ताको एउटा मुद्दाको सम्बन्धमा सिडिओ कार्यालयमा आउन जिल्ला सभापति अजय द्विवेदी र क्षेत्रीय अध्यक्ष अरविन्द गुप्तालाई फोन गरे,कुनै चासो दिएनन्,’उनले भने,‘त्यसपछि पटकपटक ताकेदा पनि गरे,कसैको फोन अफ त कसैको चुनावमा विजी छु भन्ने बाहाना,के गर्ने त पार्टी छोडे।'

रमेशले आफु मात्र होइन,अन्य निर्वाचित वडा सदस्य तथा पदाधिकारी पनि फोरममा प्रवेश गर्न खोजेको बताए ।फोरम नेपालमा आम कार्यकर्ता देखि सबै नेताको सम्मान छ,एउटा कलले कुनै पनि जनताको काम समयमा हुन्छ र जिल्लाका नेताको साथ पाउँछन्,त्यसैले आफु फोरमको छत्रछायामा आएको बताए ।

Back to top