×

वीरगन्ज, मंसिर ३० - संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ को घरदैलो शुक्रवार वीरगन्जको श्रीपुर र रानिघाटमा सम्पन्न गरेको छ । घरदैलोको क्रर्यक्रममा स्थानीय आफुहरु परिवर्तनको पक्षमा रहेको बताउदै घरदैलोमा समेल नेता कार्यकर्तालाई उत्साहजनक रुपमा स्वागत गरे ।

स्थानीय फोरम तथा राजपाका अगुवाहरुको भएको घरदैलो कार्यक्रममा फोरम नेपालका पर्साका जिल्ला अध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव यस क्षेत्रको प्रदेश सभा क्षेत्र २ बाट उम्मेदवार रहेका फोरमका राष्ट्रिय उपाध्यक्ष नेता लालबाबु राउत गद्दी, राष्ट्रिय जनता पार्टी (राजपा) का माहासचिव नेजामुद्दीन समानी लगायतले मधेशको कह अधिकार र विकासका लागि मधेसवादी मुम्मेदवारहरुलाई भोट दिन अह्वान गरे । घरदैलोमा सहभागिता बढ्दै गएर बिशाल जुलुस जस्तै देखिएको थियो ।

घरदैलोमा पुर्वमन्त्री करिमा बेगम, फोरमका पर्सा जिल्ल उपाध्यक्ष सुन्दर कुर्मी, वडा नम्बर १३ का वडा अध्यक्ष रामदरश कुशवाहा, नेताहरु बालकिशोर यादव, सलाउद्दीन अहमद, सतनारायण महतो, सुन्दर साह कानु, घनश्याम साह कानु, युवा दिपक तिवारी, नेता शुशिल साह कानू, फोरम नेपालका प्रदेश सचिव सलाउदीन अहमद, युवा नेताहरु, प्रकाश शर्मा, कुन्दक सिंह कुर्मी, अमोद यादव, दिपराज बर्मा, निखिल बर्णवाल, सरफरोज मन्सुरी, असलम आलम, रोहित बर्णवाल लगायतको सहभागिता थियो ।

 

Back to top