×

चितवन, कार्तिक १३ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सँगको भएको चुनावी गठबन्धन र आगामी दिनमा हुने भनिएको पार्टी एकताको कुरामा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

आज भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्रि प्रचण्डले आगामी निर्वाचनको परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नगर्ने समेत प्रष्ट पारे । एमाले–माओवादी गठबन्धन नेपाली कांग्रेससँग गरिएको जस्तो मात्रै चुनावी तालमेल बभएको उनको गरे ।

प्रचण्डले भने, ‘एमाले र माओवादीबीच गरिएको वाम गठवन्धन र एकताको जो सहमति गरिएको छ यसमा बैचारिक र राजनीतिक अर्थ छ,’ प्रचण्डले भने, ‘यो एकता कुनै ट्याक्टीक कुरा होइन् ।’

अध्यक्ष प्रचण्डले ‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुँदा देश र जनतको हित हुने भन्दै अब एमाले माओवादी मिलेर देशको बिकास गर्ने समेत दाबी गरे ।

Back to top