×

पटाकामा खेर जाने रकम बचत गर्दै, गरिब निमुखाका लागि सदुपयोग गर्न आग्रह

वीरगन्ज, कार्तिक २८ - दिपावली तथा छठ नजिकिंदै जाँदा वीरगन्ज नगर क्षेत्रमा पटाकाहरु पड्काउने काम भइरहेकोप्रति वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीको गम्भीर ध्यानाकर्षण भएको छ । दिपावली तथा छठको अवसरमा समस्त नगरवासीलाई शुभकामना व्यक्त गर्दै मेयर सरावगीले जारि गरेको अपिल मार्फत दिपावली र छठ जस्ता महान उत्सवहरुलाई सुरक्षित, प्रदुषणरहीत र सौहार्दपुर्ण बनाउन भुमिकाका लागि सादर आग्रह गर्नु भएको छ ।

सरावगीले अपिल मार्फत पटाकामा खेर जाने रकम बचत गर्दै, गरिब निमुखाका लागि सदुपयोग गरेर पुण्य र आत्मसन्तुष्टि प्राप्त गर्ने सकिने बताउनु भएको छ । यस दिपावली तथा छठ जस्ता पवित्र पर्वमा वीरगन्ज नगर क्षेत्रभित्र अमंगलकारी पटाका नपड्काएर आफ्नो सभ्यताको परिचय दिनु पर्ने कुरामा जोर दिंदै नगरवासीलाई वातावरण संरक्षणमा आफ्नो भूमिका निर्वाह गर्न सरावगीले अनुरोध गर्नु भएको छ ।

सरावगीले एक अपिल जारी गर्दै पटकामा क्यान्सर गर्ने तत्व हुने जानकारी गरानु भएको छ । अपिलमा भनिएको छ – "खतरनाक रासायनबाट हावामा बनेका पटाखा आदीबाट सल्फर डाइअक्साइड, कार्वोन डाइअक्साइड र कार्वोन मनोअक्साइड जस्ता विषालु ग्यास निस्केर फोक्सोको क्यान्सर र क्रोनिक व्रोङकाइटिस रोगको खरता बढ्छ र अकाल मृत्युको कारण बन्छ । बारुद र गन्धक जस्ता बिस्फोटक रसायनबाट बनेको पटका पड्काउदा र फुलझरी आदी उडाउदा त्यसबाट निस्कने बिषाक्त धुँवा वातारवण र मानव शरीरका लागि घातक हुने गरेको कुरा बिज्ञहरुले ठहर गर्दै आएका हुन् । पटाका आदीको धुँवाले हुने प्रदुषणबाट फोक्सो संक्रमण, हृदय घात र क्यान्सर जस्ता प्राणघातक रोगहरुको संभावना बढ्ने कुरालाई वैज्ञानिक आधार प्राप्त छ । यति मात्र होइन पटाका पडकाउदा निस्कने सेतो ज्वालामा अलिमुनियम रहेको र यसले मगज (दिमाग) र फोक्सोका लागि हानी गर्ने प्रमाणित भएको छ । पटाकाबाट निस्कने रातो ज्वालामा ‘लिथियम र स्ट्रोनटियम’ रहन्छ जसले बच्चाहरुको हड्डिको विकासमा असर पार्छ । क्यान्सरको कारक र हर्मोनलाई असन्तुलित पार्ने तत्व समेत बारुद र पटाकामा रहन्छ । संगसंगै पाटाखा पड्काउदा शरीमा पालेर घाउ लाग्ने, आखाँ गुमाउने र ज्यानै जानेसम्मका दुर्घटना पनि बेलाबेलामा प्रकाशमा आउने नै गरेको छ ।"

Back to top