×

वीरगन्ज २२ असोज वीरगंज महानगरपालिका नगर कार्यपालिकाको लागि १७ जनाको उम्मेदवारी परेको छ ।

दलीय समीकरण अनुसार फोरम नेपाल र एमालेबाट ८, काङ्ग्रेस–राजपा–माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमबाट ८ तथा १ जना स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

१८ जनाको उम्मेदवारी परेकोमा १ जनाले नाम फिर्ता लिएपछि १७ जना चुनावी मैदानमा देखिएका छन् । असोज २२ गते आइतवार नगर कार्यपालिकाको ८ पदका लागि निर्वाचन हुनेछ । महिला ५ र दलित तथा अल्पसङ्ख्यक गरी ८ पदमा फोरम नेपाल र एमालेको प्यानलबाट बैजन्ती देवी, नगिना देवी, सुनीता साह, सुशीलकुमार कानू, अजय सर्राफ, पुरेन्द्रकिशोर लाभ, प्रशिला देवी र बचनी देवीको उम्मेदवारी परेको छ भने काङ्ग्रेस, राजपा, नेपाल लोकतान्त्रिक फोरम र माओवादीबाट राधा कार्की, मनोजा चौधरी, अनीता कुशवाहा, रेनु देवी, अरविन्द गुप्ता, बरकतुम नेशा, राधेश्याम सोनार र शशीकपुर मियाँको उम्मेदवारी परेको छ ।

नगर कार्यपालिकाको निर्वाचनमा फोरम नेपालको ५९ र एमालेको २३ गरी ८२ मत छ भने काङ्ग्रेस ५८, राजपा ११, नेपाल लोकतान्त्रिक फोरम र माओवादीका ५/५ गरी ७९ मत छ ।

कुल १६१ मतमा फोरम नेपाल र एमाले प्यानलको ३ मत बढी छ ।

आआप्mनो उम्मेदवारलाई जिताउन दुवै प्यानलले ४ दिनदेखि सदस्यहरूलाई लुकाएका छन् । फोरम नेपाल र एमालेको प्यानलले ८२ जनालाई सौराहा भ्रमणमा लगेको छ भने काङ्ग्रेस प्यानलले वीरगंजमैं सुरक्षित स्थानमा राखेको बुझिएको छ । श्राेत प्रतीक

Back to top