×

माओवादी केन्द्रका तर्फबाट वीरगंज मेयरका उमेद्वार मध्ये चर्चित नामहरु मध्ये रहबर अंसारी सबैभन्दा कान्छा उमेद्वार हुन् । सुशासन विषयमा हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट स्नातकोत्तर गरेका ३१ वर्षीय अंसारी राजनीतिमा नयाँ अनुहार हुन् । वीरगञ्जको सडक सुधार, फोहरमैला व्यवस्थापन र स्थानीय स्तरमै रोजगार सृजना गर्ने नाराका साथ उनी चुनावी प्रचारमा छन् ।(नेकपा माओवादी) रहबर अंसारीसंग केही प्रशन ?

१) यहाँको उम्मेदवारी के को लागि ?

परिवर्तन र विकासका लागि वीरगंज महनगरको मेयरमा मैले उम्मेदवारी दिएको हुँ । समृद्ध वीरगंज मेरो सपना हो । वीरगंज महानगरलाई मुलुक्कै एक नम्वर महानगर बनाउने मेरो चुनावी एजेन्डा हो । हुन त मेरो उमेरको विषयलाई लिएर केहि दल र उम्मेदवारले राजनितिमा कच्चा खेलाडीका रुपमा अफवाह फैलाइरहेका छन् । तर म भन्छु समयले कोल्टे फेरि सकेको छ, वीरगंजले परिवर्तन चाहेको छ । वीरगंजको राजनितिमा अब पुराना राजनितिक खेलाडीको दिनगन्ती शुरु भइसकेको छ । अवको राजतिति भनेको नयाँ खेलाडीको हातमा आइसकेको छ ।

२) तपाईलाई नै वीरगंजको जनताले किन भोट दिने ?

म संग वीरगंजको विकासका लागि स्पष्ट योजना छ । वीरगंलाई अहिले पुराना सोच भएका भन्दा पनि नयाँ सोच, ईमान्दार, पढेलेखेका र स्थानीय तह बुझेका नेतृत्वको आवश्यकता छ । वीरगंजका जनताले परिवर्तन चाहिरहेका छन् । जुन मैलै भोट पाए भने सम्भव देखेका छन् जनताले । अरु नेताहरुलाई यहाँका जनताले हेरी सकेका छन् । यस पटक मलाई अवसर दिने सोच बनाएका छन् । यदि म निर्वाचित भए भने वीरगंजको विकास सम्भव भएकोले यहाँका नगरबासीले मलाई भोट दिनु हुन्छ ।

३) वीरगंज महानगरपालिकाको विकासको लागि तपाईका योजना के – के छन् ?

वीरगंज महानगरपालिकाको विकासको लागि मेरो प्रष्ट खाका सहितका योजनाहरु छन् । वीरगञ्जको सडक सुधार, फोहरमैला व्यवस्थापन र स्थानीय स्तरमै रोजगार सृजना गर्ने, वाईफाई युतm स्मार्ट सिटी बनाउने, निशुल्क शव बाहनको सेवा दिने, निशुल्क एम्वुलेन्स सेवा दिने, गरिव तथा जेहेन्दार विद्यार्थीका लागि बर्ष छात्र वृति दिने जस्ता मेरा योजनाहरु रहेका छन् ।

Back to top