×

वीरगन्ज २४ भदौ पुर्व मन्त्री तथा नेपाली काँग्रेस प्रचार प्रसार उपसमितीका केन्द्रिय सँयोजक रमेश लेखकले समृद्धि र सम्भावना बोकेको विरगञ्ज महानगरपालिकाको लागि काँग्रेसको नेतृत्व अनिवार्य रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन पर्साले शनिबार बीरगंजको होटेल भिषवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले विरगञ्जको समग्र विकास निर्माण तथा कागजी रुपमा घोषणा भएको महानगरपालिका लाई वास्तविकतामा परिवर्तन गर्न काँग्रेस उम्मेदवार अजय द्धिवेदीको विकल्प नरहेको बताउनुभयो । काँग्रेसले पर्साका सम्पुर्ण गाउँपालिका तथा नगरपालिकाहरुमा नयाँ भिजनका साथ अघि बढ्ने खाका तयार पारेको र सोही अनुरुप स्थानिय तहको विकास निर्माण पुर्ण रुपमा वैज्ञानिक एवम् आधुनिक तरिकाले बिकाश गर्ने बताउनुभयो । मधेशको मु्दा बोक्ने क्षमता नेपाली काग्रेस बाहेक अरु कुनै पार्टी संग नभएको भन्दै उहाँले संबिधान संशोधनका लागी सरकारले पेश गरेको संशोधन प्रस्ताव फेल भएपनि संशोधनका लागी फेरी पनि प्रयास गरिने उहाले जानकारी दिनुभयो । नेपाल प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा पाटिका तर्फबाट मेयरका उम्मेदवार अजय कुमार द्विवेदी, उपमेयरकी उम्मेदवार शान्ति कार्की, नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, सांसद अनिल रुगंटा, पुर्व सभासद ओम प्रकाश शर्मा, तरुणदलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेत, तत्कालिन जिल्ला बिकास समिती पर्साका पुर्व सभापति जनार्दन सिंह क्षेत्री नेताहरु रामरुप कुर्मी, राकेश सिंह लगायतको सहभागिता रहेको थियो ।

Back to top