×

वीरगन्ज ४ साउन आर्थिक वर्ष २०७२ र ०७३ मा १३ करोड ५५ लाख १४ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको वीरगंज महानगरपालिकाले आर्थिक बर्ष ०७३ र ०७४ मा भने, १७।३२ प्रतिशत अथार्त झण्डै २ करोड ३४ लाख ८४ हजार ५ सय ८९ रुपैया बढी राजश्व संकलन गरेको छ ।

यस आर्थिक वर्षमा महानगरपालिकाले कुल १५ करोड ८९ लाख ९९ हजार १ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको राजश्व शाखाका प्रमुख मनोज कर्णले यात्रा डेलीलाई जानकारी गराए ।

पछिल्लो आर्थिक बर्ष महानगरपालिकाले सबैभन्दा बढी सम्पति करमा झण्डै ४ करोड ९२ लाख ७२ हजार, पटके सवारी करमा २ करोड २५ लाख ३१ हजार, यसै गरी नक्सा पास दस्तुरमा २ करोड १८ लाख ६६ हजार, सार्वजनिक सुविधा उपयोग सेवा शुल्कमा १ करोड ६३ हजार, मिना बजार कम्पलेक्समा ६५ लाख ३८ हजार, नक्सा जरिवानामा ५० लाख ९३ हजार लगायत घर जग्गा कर, मालपोत तथा भूमि कर, शौचालय, चारकिल्ला प्रमाणित दस्तुर गरि वीरगंज महानगरपालिकाले १५ करोड ८९ लाख ९९ हजार १ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको उनले बताए ।

यसैगरी वीरगंज महानगरपालिकाले यसवर्ष बाह्य आय ६३ करोड ८ लाख २८ हजार ३ सय १३ रुपैयाँ संकलन गरेको छ । यस शिर्षक अन्तर्गत महानगरपालिकाले अनुदान पुँजिगतमा सबैभन्दा बढी १८ करोड ८६ लाख ९६ हजार रुपैयाँ, समाजिक सुरक्षा भत्ता वापत १३ करोड ३ लाख ७९ हजार रुपैया संकलन गरेको महानगरपालिका राजश्व शाखा प्रमुख कर्णले बताए ।

Back to top