×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य वीरगञ्जबाट सरुवा भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डाको बलम्बो स्थित सशस्त्र प्रहरीकै नेपाल एपीएफ अस्पतालमा उपचार र शल्यक्रिया गराउनुपर्ने भएकाले वीरगञ्ज छोड्नुपरेको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले यात्रा डेलीसँग भने । 

घाँटीमा लामो समयदेखि समस्या भएको र हुँदा चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि कर्माचार्यलये प्रधान कार्यालयलाई आग्रह गरेरै सरुवा मिलाएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । साथै उनले विभिन्न सञ्चार माध्यममा आए जस्तो कारवाहीमा परेर तानिएको कुरा सत्य नरहेको पनि बताए । 

कर्माचार्यको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक राधेश्या धिमाल आउने भएका छन् ।

 

Back to top