×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । बारामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गतको इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले नोरफिनलगायतका लागूऔषधसहित दुई जना युवकहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका – ३ निवास अन्दाजी २७ वर्षीय विवश कार्की र चितवन जिल्लाको भरतपुर महानगरपालिका – ७ निवासी अन्दाजी ३१ वर्षीय ववी तामाङ रहेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार पक्राउ परेकाहरूले मोटरसाइकलको हेलमेट भित्र २ एमएलको १८ थान लागूऔषध नोरफिन, २ एमएलको १७ थान राग, र २ एमएल कै १८ पिस डाईजोपाम लुकाएर राखेका थिए । जितपुरसिमरा उपमहानगरपालिका – २१ अमलेखगञ्जबाट प्र.३-०२-००९ प ४७३८ नम्बरको मोटरसाइकलमा चढेर हेटौँडा तर्फ गइरहेको कार्की र तामाङलाई रोकेर चेकजाँच गर्दा उनीहरूको हेलमेट भित्र लुकाएर राखेको लागूऔषध बरामद भएको थियो ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी न्यौपानेले बताए ।

Back to top