×

वीरगञ्ज । आगामी जुन महिनामा आयोजना हुन लागेको आइसिसी ट्वान्टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेको नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्न इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेपालले विभिन्न क्याम्पेन आयोजना गर्ने भएको छ ।

जुन ४ तारिखदेखि वेस्ट इन्डिज र संयुक्त राष्ट्र अमेरिकामा आयोजना हुन लागेको टी-२० विश्वकप क्रिकेटमा १० वर्ष पश्चात् सहभागी भइरहेको नेपाली क्रिकेट टोलीका खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको मनोबल बढाउने उद्देश्यका साथ नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेपालले “नेपाल रोड टु वर्ल्ड कप” र “बिट द स्पिड” क्याम्पेन आयोजना गर्न लागेको हो ।

क्याम्पेनअन्तर्गत आज वीरगञ्जको घण्टाघर चोकस्थित यामाहा शोरुम अगाडि वर्ल्ड लिङ्कले नेपाली क्रिकेट खेलाडीहरूले हस्ताक्षर गरेको जर्सी वितरण गर्नुका साथै विभिन्न उपहार वितरण गर्ने छ ।

आज दिउँसो ४ बजेदेखि सुरु हुने क्याम्पेनमा आम सर्वसाधारणलाई नेपाली क्रिकेट खेलाडीहरूका लागि आफ्नो तर्फबाट शुभकामना सन्देश लेख्न म्यासेज बोर्ड समेत उपलब्ध गराउने छ । बोर्डमा स्थानीयहरूले आफ्ना मन पर्ने खेलाडी र नेपाली क्रिकेट टिमका लागि विभिन्न शुभकामना सन्देश समेत लेख्न पाउने वर्ल्ड लिङ्क वीरगञ्ज कार्यालयले जनाएको छ ।

Back to top