×

वीरगञ्ज । ठूलो लगानीमा वीरगञ्जको प्रमुख व्यापारिक केन्द्र आदर्शनगरस्थित आरबी कम्पलेक्समा “द स्काई भ्यू रूफटप लाउन्ज एन्ड बार” सञ्चालनमा आउन लागेको छ । 

ठूलो भवनको छतबाट वीरगञ्ज सहरको मनमोहक दृश्यसहित सङ्गीतका वातावरणमा रमाउँदै विभिन्न प्रकारका स्वदेशी तथा विदेशी खानाका पारखीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा “द स्काई भ्यू रूफटप लाउन्ज एन्ड बार” रेस्टुराँ  सञ्चालनमा आउन लागेको हो ।

स्थानीय युवा उद्यमी मुकेश प्रसाद कुर्मीलगायतको लगानीमा सुरुवात हुन लागेको रेस्टुराँको शुक्रवार (भोली) वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको हातबाट उद्घाटन गरिने छ ।

“द स्काई भ्यू रूफटप लाउन्ज एन्ड बार” रेस्टुराँमा चाइनिज, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको फरक–फरक स्वाद लिन पाइने सञ्चालक कुर्मीले बताए । रेस्टुराँमा समूहका लागी छुट्टाछुट्टै क्याबिन र मिटिङ तथा बैठकका लागि एउटा छुट्टै कोठाको पनि व्यवस्था गरिएको छ ।

रेस्टुराँमा समय-समयमा लाइभ साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत गरिने सञ्चालक कुर्मीले जानकारी दिए । उद्घाटनका दिनदेखि एक सातासम्म रेस्टुराँमा विभिन्न प्रकारका अफरहरू पनि उपलब्ध रहने उनले बताए ।

Back to top