×

गर्मी समयमा तरकारीहरुको पनि कम हुन्छ । त्यसैले यो समयमा हरियो ताजा तरकारीहरु खानुको छुट्टै मजा हुन्छ ।

यदी तपाईं पनि आफ्नो घरको सानो करेसाबारी वा छतमा तरकारी लगाउन चाहनुहुन्छ भने पनि लगाउन सक्नुहुन्छ । यदी गर्मीमा कुन तरकारीहरु लगाउँदा छिटो फल्छ र सजिलो पनि हुन्छ जस्तो लाग्छ भने आज हामी तपाईंलाई केही तरकारी लगाउनेबारे बताउनेछौं । त्यस्ता तरकारी जसलाई तपाईं सजिलै थोरै ठाउँमा पनि लगाउन सक्नुहुन्छ ।

भेन्टा
जाडोको तुलनामा गर्मी मौसममा भेन्टा खानु लाभकारी हुन्छ । यसलाई तपाईं गमला वा सानो करेसामा पनि लगाउन सक्नुहुन्छ । यसलाई धेरै रेखदेखको पनि आवश्यकता पर्दैन । यसका एक वा दुईवटा बोट भएमा पनि सानो परिवारमा खान प्रसस्त पुग्छ ।

काँक्रो
काँक्रो गर्मीमा खानका लागि एकदमै राम्रो मानिन्छ । यसलाई तपाईं गमलामा पनि लगाउन सक्नुहुन्छ । यो गर्मीमा शरीरलाई हाइडे«ट राख्नका लागि एकदमै राम्रो हुन्छ ।

भिन्डी
भिन्डीको विरुवा पनि तपाईं गमला वा छतको बारीमा लगाउन सक्नुहुन्छ । यो तीनदेखि चार महिनाभित्र फल दिन थाल्छ । यसको रेखदेख गर्न पनि एकदमै सजिलो हुन्छ ।

टमाटर
तपाईं गर्मीमा घरमा टमाटर पनि लगाउन सक्नुहुन्छ । टमाटरको प्रयोग दैनिक रुपमा हाम्रो भान्सामा हुन्छ । यस्तोमा तपाईं घरमा लगाएको टमाटरलाई सलाद वा चटनी बनाएर पनि खान सक्नुहुन्छ । यसलाई उमार्न पनि त्यति गाह्रो हुँदैन ।

खुर्सानी
तपाईं एक दुई वटा बोट खुर्सानीको पनि लगाउन सक्नुहुन्छ । जो गमलामा पनि लगाउन सकिन्छ । यसरी तपाईंलाई घरमा दैनिक प्रयोगका लागि खुर्सानी सजिलै प्राप्त गर्न सक्नुहुन्छ ।

Back to top