×

वीरगञ्ज । लोकसभा चुनावको समयमा भारत बिहारबाट ए के–४७ हतियार बरामद भएको छ । लोकसभा चुनावलाई मध्यनजर गर्दै भारतका विभिन्न राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

कडा सुरक्षाका बीचमा पनि बिहार एसटीएफ र जिल्ला पुलिसको सयुँक्त टोलीले बिहारका मुजफ्फरपुर र वैशालीको सीमा क्षेत्रबाट ए के–४७ बरामद गरेको हो । साथै एसटीएफ र भारतीय प्रहरीको टोलीले विभिन्न स्थानमा छापा मारी तीन जना भन्दा बढी अपराधिक कार्यमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरेको छ । 

ए के–४७ बाहेक उनीहरुको साथबाट धेरै राउण्ड गोली पनि बरामद भएको छ । यद्यपी पक्राउ परेका व्यक्तिको परिचय नखुलाइएपनि उनीहरुको गुण्डा नाइके छोटु राना गिरोहसँग सम्बन्धीत रहेको प्रहरीको अनुमान छ । 

उनीहरुले आसाम र नागाल्याण्डको नाका हुँदै आधुनिक हतियार ल्याउने गरेको पाइएको छ । चुनावमा उनीहरुले कसैले प्रयोग गरेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरीरहेको छ । 
 

Back to top