×

वीरगञ्ज । हतियार देखाएर एक समूहले जनकपुरधाममा सोमबार ८० लाख रुपैयाँ लुटपाट गरेको छ । श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल देखाएर लुटेको हो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा महतोको साथबाट रकम लुटपाट भएको प्रहरीले जनाएको छ । महतोले झोलामा उक्त रकम राखेका थिए ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा रकम लुटपाट भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 

Back to top