×

वीरगञ्ज । वीरगञ्जको नारायणी सेन्ट्रल हस्पिटलले निशुल्क ओ.पि.डी (बहिरंग सेवा) सञ्चालन गर्ने भएको छ । 

विश्व रेडक्रस दिवसको अवसरमा यही बैशाख २६ गते बुधवारको दिन निशुल्क सेवा प्रदान गर्न लागेको अस्पतालका चिकित्सा निर्देशक प्राध्यापक डा. प्रमोद कुमार सर्राफले बताए । 

उनकाअनुसार मेडिसिन ओ.पी.डी., मुटुरोग (कार्डियोलोजी), आँखाको जाँच, दाँतसँगै फिजियोथेरेपी सेवा एक दिनका लागि निशूल्क प्रवाह गर्न लागिएको हो । 

यसअघि नारायणी सेन्ट्रल हस्पिटलले विश्व मजदुर दिवसको अवसरमा पनि निशुल्क सेवा प्रवाह गरेको थियो । जसबाट १०५ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका थिए । 


 

Back to top