×

वीरगञ्ज । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको हो । 

संघीय संसद्का ७ जना सांसद सहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए । 

विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् ।
 नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको छ ।

अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।

उपेन्द्र यादवको साथ छाडेका सांसदहरु
अशोक राई
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खान
उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव
उपेन्द्र यादव

Back to top