×

पर्वत । लामो समय पानी नपरी तापक्रम बढेपछि कुस्मा नगरपालिका–३ दुर्लुङवासीले भगवान् इन्द्रसँग पानी माग्दै  अखण्ड कीर्तन गरेका छन् ।

हिन्दु धर्ममा इन्द्रलाई वर्षाका देवता मानिएकाले उनको पुकारा गर्दा पानी पर्ने विश्वासमा अखण्ड कीर्तन गरिएको हो ।

उनीहरूले शनिवार बिहान सुरु गरेको अखण्ड कीर्तन आइतबार बिहान पूरा गरेका हुन् ।

स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा तारेकोटमा रहेको दुर्गा भगवतीको मन्दिर परिसरमा इन्द्र, वरुण र भगवान् शिवको मूर्ति नै स्थापना गरी पूजापाठ सहित कीर्तन गरिएको थियो ।

वर्षा नहुँदा पर्वतमा हिउँदे बाली समेत सुक्दै गएका छन् भने डढेलोले सयौँ हेक्टर क्षेत्रफलको वन सखाप पारेको छ ।

Back to top