×

चितवन । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपालले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोट्रयाक्ट डिष्ट्रका डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२४। २५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको हो । 

रोट्रयाक्ट डिष्ट्रकले आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गदै बाषिक कार्ययोजना निमार्ण गरेर सेमिनार सम्पन्न भएकोे रोट्रयाक्ट डिष्ट्रिका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए । दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बरहरुको सहभागिता रहेको थियो । सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमहरु सञ्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए । 

कार्यक्रममा बोल्दै रोटरि डिष्ट्रीक २०२४,२५ का डिष्ट्रक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि गरेका कामहरको प्रसंसा गरे । डिष्ट्रीकले अव नयां कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक खालका खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने उनले बताए । धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेशमै रोजगारिको सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्ने उनको भनाई छ । यसको लागि रोटरि डिष्ट्रीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गदै आएको भन्दै सह्राना गरे । रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता पनि उनले जनाए । 

सेमिनारमा सौगात गौतम, सुरज पौडेल, नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे, माधव पराजुली, अनुप पाण्डे, सुविन खडका लगायतले सहजीकरण गरेका थिए । 
 

Back to top