×

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरमा आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर ४ को आयोजनामा शिविर सम्पन्न भएको हो । 

वीरगञ्ज सामुदायिक आँखा तथा दाँत अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न शिविरमा १६५ जनाको आँखा तथा दाँत चेकजाँच गरिएको वीरगञ्ज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए । चेकजाँच गराएकामध्ये २५ जना भन्दा बढीमा मोतियाबिन्दुको लक्षण फेला परेको धामीले बताए । उनकाअनुसार मोतियाबिन्दु भएका बिरामीहरुको निशूल्क शल्यक्रिया गरिनेछ । 

रास्वपा पर्साले ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै शिविरको आयोजना गरेको रास्वपा मधेश प्रदेशका सदस्य हरि पन्तले बताए । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्षसमेत रहेका पन्तकाअनुसार केही दिनभित्रै ग्रामिण भेगका महिलालाई लक्षित गर्दै पाठेघर खस्ने तथा अन्य स्त्री रोग सम्बन्धी चेकजाँचका लागि शिविर आयोजना गर्ने तयारी भइरहेको छ । साथै उनले रास्वपा आम जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने बताए । 

रास्वपा क्षेत्र नम्बर ४ का सभापति  जितेन्द्र मिश्राको अध्यक्षतामा सम्पन्न शिविरमा महेश सिंह धामीको नेतृत्वमा आँखा र दन्तरोग विशेषज्ञ डा. अजय अस्थाना लगायतको टोलीले दाँत चेकजाँच गरेको थियो । 

शिविरमा रास्वपाका केन्द्रिय सदस्य डा  नन्दन यादव, रास्वपा पर्साका संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा अधिकारी, प्रदेश सदस्य सब्बु कंडेल, सुदिस प्रजापती, संगठन विभाग उप प्रमुख प्रमोद राय माझी, शिक्षा बिभागका सोनालाल पटेल लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top